नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत रूपमा चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै उपाध्यक्ष जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन् । सचिव रुद्र फोम्बो ,सहसचिव सागर थिङलाबु र कोषाध्यक्ष अन्जना पौठाक चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिती तेह्रथुमका संयोजक इन्द्र इम्सङले जानकारी दिए ।
जिल्लाको ४३ वटै वडामा सर्वसहमत नेतृत्व चयन गरेको माओवादी केन्द्र तेह्रथुमले शनिबारदेखि पालिका सम्मेलन सुरु गरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।