म्यानचेस्टर सिटी मेरो एक्लो इंग्लिस क्लब हुनेछ : ग्वार्डिओला

पेप ग्वार्डिओलाले प्रशिक्षकका रूपमा म्यानचेस्टर सिटी एक्लो इंग्लिस क्लब हुने बताएका छन् ।

प्रिमियर लिग अन्तर्गत वेस्टहाम विरुद्धको खेलअघि इग्ल्यान्डको प्रशिक्षक बन्नेमा तपाईंको विचार के छ भन्ने प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘गारेथ साउथगेटले राम्रो काम गरिरहेका छन्,’ ग्वार्डिओलाले भने, ‘टोलीसँग २ वर्षको सम्झौता बढाएकोमा उनलाई बधाई छ ।’

‘मैले बारम्बार भन्दै आएको छु कि मलाई कुनै देशको प्रशिक्षक बन्ने इच्छा छ तर त्यो त्यति सहज भने हुनेछैन’ उनले थपे, ‘राष्ट्रिय टिमको प्रशिक्षक बन्न नसके म क्लब प्रशिक्षणमै रमाउने छु यसमा कुनै समस्या छैन ।’

उनले सिटीभन्दा अरू क्लबमा प्रशिक्षण गर्ने नचाहेको बताए । ‘यदि म इंग्ल्यान्डमा हुन्छु भने त्यो म्यानचेस्टर सिटीका लागि मात्र हुनेछ । यदि उनीहरूले चाहन्छन् भने सिटीबाहेक अरु कुनै इंग्लिस क्लब हुने छैनन्, जसलाई म प्रशिक्षण दिनेछु’ उनले भने ।

उनले आफूले कसैको पद  खोस्न नचाहेको बताए । उनले गारेथले राम्रो काम गरिरहेको र उनको सम्झौता लम्बियोस् भन्ने आफूले चाहेको बताए । ‘म यहाँ कसैको पद खोस्न आएको होइन । गारेथले राम्रो काम गरिरहेका छन् र म चाहान्छु कि उनको सम्झौता लामो समसम्म रहोस् ।’



‘म सकेसम्म लामो समय सिटीमै रहन चाहान्छु । अहिले मेरो ऊर्जा र माया यहाँ छ । पछि के हुन्छ थाहा छैन ।’

‘कुनै दिन सिटीको प्रशिक्षक बन्नेछु भन्ने मैले सोचेको थिइनँ । जब म सटी आए त्यति बेला पनि लागेको थिएन ६ वर्षसम्म यहाँ टिक्नेछु ।’



‘जीवनले तपाईंको भविष्य निर्धारण गर्दै जान्छ त्यसैले हेरौँ पछि के हुन्छ,’ ग्वार्डिओलाले भने ।

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १७:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया