महेश बस्नेतलाई ओलीले भने : अहिले सचिव बन्ने बेला भएको छैन

चितवनमा जारी एमाले महाधिवेशनमा अहिले सर्वसम्मत उम्मेदवार चयन गर्ने प्रक्रिया चलिरहेको छ । 

यस क्रममा सचिवमा दाबेदारी गरिरहेका पूर्वमन्त्री महेश बस्नेतलाई ओलीले अहिले सो पदमा बस्ने बेला नभएको भन्दै सम्झाएका छन् । 

ओलीनिकट नेता भएका कारण धेरैले बस्नेतले चाहेको पद पाउने अनुमान गरेका थिए । 

तर, अध्यक्ष ओलीले सबैलाई समेटेर सर्वसम्मत बनाउनुपर्ने भएकाले बस्नेतलाई सचिवमा रोकेको स्रोतले जानकारी दिएको छ ।    
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया