ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष र भीम रावल उपाध्यक्ष बन्नुहुन्छ : विशाल भट्टराई

नेकपा एमालेका नेता विशाल भट्टराईले शनिबारको बन्दसत्रको हलले दिएको माइन्डेट अनुसार सहमतिका आधारमै नेतृत्व चयन हुने बताएका छन् ।

सहमतिको खाका तयार भइसकेको बताउँदै उनले ईश्वर पोखरेल वरिष्ट उपाध्यक्ष र भीम रावल उपाध्य  हुने बताए । सकेसम्म आजै महाधिवेशनको बन्दसत्र टुंग्याउने तयारी भइरहेको पनि उनको भनाइ छ ।

'ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, भीम रावल उपाध्यक्ष हुन्छ्न् । हिजो हलले दिएको माइन्डेट अनुसार सहमतिको आधारमा नै नेतृत्व चयन हुन्छ । हलमा नै घोषणा हुन्छ । सकेसम्म आजै टुङ्ग्याउने तयारी छ' उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व टुंग्याउने प्रयासस्वरूप आज बिहानैदेखि आफू निकट नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् । सहमति जुटाउन निरन्तर छलफल जारी रहँदा बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अहिलेमम्म सुरु हुन सकेको छैन ।

नेता गोकुल बाँस्कोटाले बेलुका ७ बजेपछि बन्दसत्र सुरु हुने बताएका छन् । खानपिनपछि बन्दसत्र सुरु हुने र त्यहीँबाट नेतृत्‍व चयन हुने उनले ओलीलाई भेटेपछि बताएका थिए ।

त्यस्तै, नेता पृथ्वीसुब्बा गुरुङले पनि ९० प्रतिशत सहमति भइसकेको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया