एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव

एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ ।

चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

यसका लागि निर्वाचन समितिले विद्युतीय मतदान मेसिन तयारी हालतमा राखेपनि संसोधित विधानका कारण तत्काल विद्युतीय मतदान असम्भव हुने देखिएको हो ।

एमालेले विधान संसोधन अघिको केन्द्रीय पदाधिकारी र सदस्य संख्याको हिसाव गरेर मतदानको व्यवस्था गरेको थियो । तर विधान संसोधन गर्दै उपाध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप भएका कारण भोटिङ मेसिनमा पुनः पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनु पर्ने अवस्था आएको छ ।

विद्युतीय मतदानको तयारीमा रहेका प्राविधिकका अनुसार थपिएका पदाधिकारी र केन्द्रीय सदस्यको संख्यासमेत समावेश गरेर तत्काल विद्युतीय मतदान गराउन असम्भव छ ।

सहमति भएन र निर्वाचनमा जानुपर्ने अवस्था आएमा मतपत्र छाप्नुपर्नेछ । विद्युतीय मतदान गर्ने हो भने मतपत्र तयारीका लागि समय लाग्ने प्राविधिकहरू बताउँछन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १९:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया