ओलीले टुंग्याए पदाधिकारीको नामावली, अध्यक्षमण्डल बसेर अन्तिम रूप दिने

एमाले अध्यक्ष केपी शर्मा शर्मा ओलीले सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको नामावलीलाई अन्तिम रूप दिएका छन् । शनिबारको बन्दसत्रको हलले सहमतिमा नेतृत्व चयन गर्नका लागि अध्यक्ष ओलीलाई अधिकार दिएको थियो ।

आइतबार दिनभरको रस्साकस्सीपछि ओलीले सहमतिको आधारमा पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यको नामावलीलाई अन्तिम रूप दिएका हुन् । जसका कारण आज बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्रमा ढिलाइ भएको छ ।

नेता प्रदीप ज्ञवालीले सर्वसम्मतिमै नेतृत्व चयनका विषयमा नेताहरू सहमति नजिक पुगेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किने क्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेतृत्वका विषय करिब टुंगिएको बताए । अध्यक्षमण्डल बसेर अब सहमतिलाई अन्तिम रूप दिने उनको भनाइ छ ।

त्यसपछि अध्यक्ष ओलीले नामावलीलाई बन्दसत्रमा अनुमोदनका लागि प्रस्तुत गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २०:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया