ओली बसेको होटलबाट निस्केर बन्दसत्र हलमा प्रवेश गर्दै एमाले प्रतिनिधिहरू

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका उनीनिकट नेताहरू नामावलीमा सहमति गरेर बाहिरिएका छन् । उनीहरू ओली बसेको होटलबाट बाहिरिएर बन्दसत्र सञ्चालन भइरहेको हलभित्र प्रवेश गर्न थालेका छन् ।

ओलीसँग छलफलपछि विष्णु पौडेल, ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेत, पृथ्वीसुब्बा गुरुङ होटल सफारीबाट बाहिर निस्किएर बन्दसत्र स्थल सेभेन स्टार होटलतर्फ लागेका छन् ।

ओलीलाई भेटेर फर्किने क्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेतृत्वका विषय करिब टुंगिएको बताए । अध्यक्षमण्डल बसेर अब सहमतिलाई अन्तिम रूप दिने उनको भनाइ छ ।

'सहमति भयो होला भन्ने मेरो विश्वास छ । नेताहरूसँग निकै लेयरमा छलफल भयो । अहिले हामी महाधिवेशन स्थल जादैछौँ' उनले भने ।

बन्दसत्र बिहान १० बजे सुरु हुने बताइएको भए पनि सहमतिमा नेतृत्व टुंग्याउने प्रयास गर्दा ढिलाइ भएको छ । केही नेताहरूले आइतबार राति ८ बजेदेखि बन्दसत्र सुरु बताए पनि अझै सुरु भएको छैन ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २०:४९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया