ओलीले तयार पारेको सूचीमा रावल र भुसाललाई सहमत गराउने प्रयास जारी, नमाने दुई पदका लागि चुनाव हुने

नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको सूचीमा उपाध्यक्ष भीम रावललाई मनाउने प्रयास भइरहेको छ । 

सहमतिमै नेतृत्व चयन गर्नुपर्ने अडानमा रहेका अध्यक्ष केपी शर्मा ओली र उनीपक्षीय नेताहरूले उम्मेदवारी फिर्ता लिनका लागि रावललाई दबाब दिइरहेका छन् । 

ओलीले तयार पारेको सूचीमा महासचिवमा शंकर पोखरेलको नाम छ । ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरिएको छ । महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई पोखरेलपछिको उपाध्यक्षमा प्रस्ताव गरिएको छ । 

भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षमा प्रस्ताव गरिएको छ । उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवालीलाई अघि सारिएको छ । 

अध्यक्षमा उम्मेदवारी​ घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले भने चुनाव हुनुपर्ने अडान राखिरहेका छन् । 

ओलीले बन्दसत्रमा प्रस्तुत गर्ने नाममा उनीहरु सहमत भए सर्वसम्मत कमिटी आजै आउने बताइएको छ । उनीहरुले असहमति जनाएमा अध्यक्ष र उपाध्यक्ष पदमा मात्र चुनाव गर्ने एमालेको तयारी छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २३:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया