नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ताको तयारी पूरा गरेका छन् ।
यद्यपि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्थगन तथा संशोधन गर्दा रावलको मनोनयन दर्ता हुन सकेन ।
यद्यपि रावलले आफ्नो दाबीसहित भरिसकेको मनोनयन पत्र सार्वजनिक भएको छ । पत्रमा केन्द्रीय कमिटीको अध्यक्षका लागि विधान बमोजिम योग्यता पुगेको उल्लेख छ ।
रावलको उम्मेदवारीको प्रस्तावकमा महादेव बजगाइँ र समर्थन दुधकला विष्टले गरेका छन् । एमालेका दुवै कार्यकर्ता सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छन् ।
रावलको मनोनयन पत्र केन्द्रीय निर्वाचन आयोगले दर्ता गरेर प्रमाणित गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।