बराबरीमा रोकिए चेल्सी र युनाइटेड, सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेको छ । गएराति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन् । 

बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा छ । युनाइटेड १८ अंक जोडेर आठौँ स्थानमा  छ ।

आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १–१ गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए ।

आइतबार राति नै लेष्टर सिटीले वाट्फोर्डलाई ४–२ अन्तरले हराउँदा ब्रेन्टफोर्डले एभर्टनलाई १-० अन्तरले हरायो ।  

जितसँगै सिटी दोस्रो २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सिटीभन्दा एक अंक कम लिभरपुल तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ६:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया