एमाले महाधिवेशन : बन्दसत्रबाट अनुमोदन भएका केन्द्रीय कमिटी सदस्य (सूचीसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । ​सौराहमा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नामावलीमा केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काँशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित रहेका छन् । 

त्यस्तै, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बाँस्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुँयाल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरीधारी लाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश साह, शेरघन राई, पर्शुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल पनि परेका छन् । 

श्रीप्रसाद गबेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुसोत्तम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, कुमार दसौदी, शिवराज सुवेदी, रोमनाथ ओली, सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयाल बहादुर शाही, पठानसिंह बोहोरा, सञ्जिव दाहाल पनि ३०१ जना केन्द्रीय सदस्यभित्र अटाएका छन्  ।

त्यस्तै, ओलीले केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ । ​त्यस्तै राजकुमार लेखी, मायानाथ अधिकारी, जगत बिक, सीमा क्षेत्री, लीला गिरी, दिनेश पन्थी, भूमिश्वर ढकाल, धर्मराज रेग्मी, नगरेन्द्र शाही, नारदमुनि राना, कमला ओली, कमला बोहराकाे नाम प्रस्तुत गरेका थिए  ।

अनुमोदित नाममा बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, पदमा अर्याल, निशा पोख्रेल, थपमाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, विना लामा, भगवती चौधरी, सुनीता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, सकुन्तला बस्नेत, गीता अधिकारी, बीनादेवी राई, तुलसा थापा, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, विन्दा न्यौपाने, सरस्वती बस्नेत प्रभा बराल, कमलादेवी बोहोरा, निरु दर्लामी, शान्ति ढकाल, शोभा ज्ञवाली, सृजना काफ्ले, दक्षिणा शाही, मैना मण्डारी, सीता न्यौपाने, उमादेवी आचार्य, दुर्गा हमाल, सम्झना देवकोटा, कोमल वली, सरिता न्यौपाने, भारती पाठक, विद्या भट्टराई, सर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी पनि समावेश भएका छन् ।   ।



ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने मेडिकल व्यापारी दुर्गा प्रसाई भने अध्यक्ष ओलीको ३०१ जनाको सूचीमा अटाएनन् । प्रसाईले आफू केन्द्रीय सदस्यको दाबेदार रहेको र हजुरबाको आशीर्वाद चाहियो भन्दै ओलीलाई भेटेरै अनुरोध गरेका थिए ।

आफूले सबै पक्ष विचार गरेर, प्रस्तुत गरेर नाम लिस्ट तयार पारेको भन्दै नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए । 




  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ७:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया