सिरी ‘ए’ मा एसी मिलान घरेलु मैदानमै पराजित

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित घरेलु टोली एसी मिलान सासोउलोसँग ३-१ गोलले पराजित भएको छ ।

सान सिरो स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान स्तब्ध बनेको हो । खेलको २१ औं मिनेटमा एल्सियो रोमागनोलीले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा जियानलुका स्कामाकाले खेललाई  १-१ गोलको बराबरीमा ल्याए । ३३ औं मिनेटमा मिलानका सिमोन केजरले आत्मघाती गोल गरेपछि सासोउलोले २-१ को अग्रता बनायो।  

६६ औं मिनेटमा डोमिनिको बेरार्डीले गोल गर्दै सासोउलोलाई ३-१ को जित दिलाए । ७७ औं मिनेटमा एल्सियो रोमागनोलीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मिलान १० खेलाडीमा सीमित बन्यो ।

यो खेल हारपछि पनि १४ खेलमा ३२ अंक जोडेको मिलान दोस्रो स्थानमा कायम रहेको छ । सासोउलो १८ अंकका साथ १२ औं स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ७:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया