एमाले महाधिवेशन : रावल समूहले पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दिने

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ । 

अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरिसकेका छन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज विहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । 

रावलनिकट नेताहरूका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरू बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ८:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया