अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले भने– मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । 

उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । ‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन ।  त्यसैले उम्मेदवारी दर्ता गरे,’ उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ ।’

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । 

उनको प्रस्तावकमा महादेव बजगाईं र समर्थकमा दुधकला विष्ट रहेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया