एमाले महाधिवेशन : भीम आचार्यले पनि गराए उम्मेदवारी दर्ता

नेकपा एमालेका भीम आचार्यले पनि चितवनमा जारी १० औं एमाले महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  

कोरोना संक्रमणका बाबजुद पनि आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा परेका थिएनन् । 

पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका आचार्य यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए । एमालेको नयाँ नेतृत्वका लागि नेताहरूले अहिले धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन् ।   

अध्यक्ष पदका लागि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराइसकेका छन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

आइतबार मध्यरातसम्म पनि नेताहरूबीच सहमतिको प्रयास भएको थियो । तर, रावलले अध्यक्षबाट पछि नहट्ने अडान कायमै राखे । 

ओलीले उनलाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर, ओलीको प्रस्ताव रावलले अस्वीकार गरेका थिए ।    






  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया