नेकपा एमालेका नेता घनश्याम भुसालले पनि चितवनमा जारी १० औं महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले गएराति घोषणा गरेको पदाधिकारीको सूचीमा नपरेका भुसालले आज बिहान उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति भुसालले चर्को असन्तुष्टि जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।