एमाले महाधिवेशन : विष्णु पाैडेलले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता
फरकधार / १३ मंसिर, २०७८

नेकपा एमालेका नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।



अध्यक्ष केपी शर्मा ओलीले घाेषणा गरेकाे पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलले महासचिवकाे दाबी गर्दै आएका थिए ।

उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल भने पदाधिकारी सूचीमा परेका थिएनन् ।
 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १०:७:२३,   अन्तिम अपडेट : मंसिर १३, २०७८ साेमबार १०:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया