त्रिवेणी कप फुटबलकाे विजेताले पाँच लाख पाउने

लमजुङमा पुस १२ बाट त्रिवेणी कप-२०७८ फुटबल प्रतियोगिता हुने भएको छ । कपको विजेतालाई नगद पाँच लाख, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीयले रजत पदकसहित नगद ३ लाख पाउनेछन् भने उपविजेता दुई समूहले नगद ५०/५० हजार पाउने त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५-१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा ३३ लाख ६० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता बेंसीसहरमा रहेको सहजी खेल मैदान त्रिवेणी रंगशालामा हुने भएको हो । 

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता संचालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष गुरुङले बताए । गत वर्ष कोरोनाका कारण स्थगित भए पनि यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको क्लबका अध्यक्ष गुरुङले बताए ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १०:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया