बागी उम्मेदवार हुने खुन मसँग छैन : लालबाबु पण्डित

एमाले नेता लालबाबु पण्डितले आफू कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका छन् । 

एमाले महाधिवेशनको बन्दसत्रको तेस्रो दिन सौराहाबाट फर्कँदै गर्दा पण्डितले कार्यकारी पदबाट बिदा लिएको घोषणा गर्दै अन्यलाई शुभकामना दिएका हुन् । 

उनले फरकधारसँग संक्षिप्त कुराकानी गर्दै आफू पार्टीको बागी उम्मेदवार हुन नसक्ने बताए । उनले भने, ‘महाधिवेशनपछि कार्यकारी पदमा नबसेपछि त संगठित सदस्य मात्र हुने भएँ ।’

साथै, उनले आफू बागी उम्मेदवार बनेर पार्टीको छवि बिगार्न नचाहेको बताए । ‘म बागी उम्मेदवार भएर पार्टीको छवि धुमिल बनाउन चाहन्नँ । त्यही भएर उम्मेदवार दिइनँ’, उनले भने,‘मैले उम्मेदवारी दिनुपर्दा बागी दिनुपर्‍याे । अब बागी चाँहि मेरो खुनमा छैन् ।’

नेतृत्व चयनका लागि भएको यो महाधिवेशनबाट पण्डित उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका थिए । सर्वसम्मतिबाट आफू उपाध्यक्षमा चयन हुने बताउँदै आएका पण्डितको नाम ओलीको लिस्टमा नपरेपछि उनले कार्यकारी पदबाट बिदा लिएको बताएका हुन् । 

महाधिवेशनको बन्द सत्रमा निकै उत्साहित भएर लागेका पण्डित अन्ततः ओलीको लिस्टमा नपरेपछि अहिले सौराहाबाट फर्किसकेका छन् । 



एमाले महाधिवेशनमा सर्वसम्मति नेतृत्व चयनको ओलीको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । मतदाताहरुको अन्तिम नामावली सार्वजनिक हुन बाँकी छ।



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया