एमाले महाधिवेशन : प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा एमालेको १० औं महाधिवेशनवाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । 

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचनाअनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन् ।  

प्रदेश २ बाट पूर्वमाओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन् भने महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् । यद्दपि, औपचारिक रूपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । 

 उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समयअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १५:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया