भीम रावललाई प्रश्नः अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने सुनियो नि?
फाइल फाेटाे

एमाले उपाध्यक्ष भीम रावलले महाधिवेशनको बन्दसत्रमा आएका प्रतिनिधिहरूको अधिकार कुण्ठित गर्न नहुने बताएका छन् । 

अध्यक्षमा उम्मेदवारी दिएका रावलले आफ्नो उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता लिने भन्ने कुराको कुनै औचित्य नभएको बताए । संचारकर्मीसँग महाधिवेशनको बन्दसत्र परिसरमा छलफल गर्दै रावलले भने, ‘लोकतन्त्रमा टिप्पणीको सम्मान गर्छु ।’
 
साथै, उनले अहिले देश र पार्टीले नयाँ नेतृत्व खोजेको बताए । ‘अहिले देशले पनि पार्टीले पनि नयाँ नेतृत्व खोजिरहेको छ । देशमा जुन स्थिति उत्पन्न भएको छ त्यसमा धेरै सुधारको आवश्यकता छ । त्यो गर्नका लागि मैले हुनैपर्छ भनेर भनेको थिएँ’, उनले भने, ‘अध्यक्ष मण्डलमा जे-जे सल्लाह हुनुपर्ने भनेर छलफल भएको थियो । त्यहाँ छलफल त भएको थियो । महाधिवेशनको बन्दसत्रमा पनि मैले आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट पारेको छु  ।’

चितवनमा आएर ओलीसँग आफ्नो कुनै छलफल नभएको उनले बताए । 

उनले भने, ‘हिजो र अस्ति पार्टी अध्यक्षसँग कुनै छलफल भएन । काठमाडौंमा स्थायी कमिटीको बैठकमा कुरा भएको थियो । त्यहाँ अरू केही कुरा भएन।’

महाधिवेशन प्रतिनिधिहरूकाे अधिकारलाई कमजोर बनाउन नहुने उनको भनाइ थियो ।

रावलको उम्मेदवारी किन ? भन्ने प्रश्नमा उनले भने, ‘मैले यसअघि नै स्पष्ट रूपमा उद्देश्य र लक्ष्य राखेको छु । यी सबै जनतासँग सम्बन्धित् छन् । हाम्रो स्वतन्त्र परराष्ट नीतिसँग सम्बन्धित छन् । देशका राष्ट्रिय शक्तिहरू साझा सवालमा अघि कसरी बढ्ने भन्नेमा सम्बन्धित छन् ।’



अन्तिम समयमा आएर रावलले राजीनामा दिनुहुन्छ भन्ने छ नि ? भन्ने पत्रकारकाे प्रश्नमा उनले भने, ‘अन्तिम समयमा आएर रावलले उम्मेदवारी फिर्ता लिन्छ भन्नुभन्दा रातभरि अनिदो हुनुभएको छ, सुत्दा राम्रो हुन्छ ।’



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १५:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया