बलात्कार मुद्दामा परेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख माग्ने एक महिला पक्राउ

जबरजस्ती करणी उद्योग मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ मागेर फरार भएकी एक महिला पक्राउ परेकी छन् । 

जबरजस्ती करणी उद्योगमा पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिक लिउ युउलाई थुनामुक्त गराइदिने भन्दै २० लाख रूपैयाँ लिएर फरार भएकी २७ वर्षीया रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो ।

रबिनाले मञ्जु ओलीको सहयोगमा चिनियाँ नागरिकको श्रीमती कमला भुसालसँग २० लाख रूपैयाँ मागेकी थिइन् । चितवन रत्ननगर नगरपालिका ३ टाँडी घर भई हाल सुकेधारा बस्दै आएकी भुसालसँग काभ्रेपलाञ्चोक पनौती नगरपालिका १० घर भई सुकेधार नै बस्ने रबिनाले जेलबाट छुटाउने भन्दै २० लाख रुपैयाँ मागेकी थिइन् । पैसा लिएर फरार भएपछि कमलाले प्रहरीमा रबिना र मञ्जुविरुद्ध उजुरी दिएकी थिइन् । 

रबिनाले आफ्नो मान्छे वकिल भएकाे र सबैलाई चिनेकाे भन्दै पैसा लिएकी थिइन् । 

उजुरीपश्चात महानगरीय अपराध महाशाखाको टोलीले रविनालाई छाउनीबाट पक्राउ गरेको हो । पक्राउ परेकी रबिनालाई आवश्यक कारवाहीका लागि महानगरीय परिसर टेकुमा पठाइएको छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया