राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले सदस्य सचिवको निर्णय गरेको हो । 

माओवादीका बागमती प्रदेश कमिटी सदस्यसमेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष पनि हुन् ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । सरकारले कात्तिक १ गते तत्कालीन सदस्य सचिव रमेशकुमाल सिलवाललाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।  

सरकारले मंसिर ४ मा सात दिने सूचना जारी गर्दै सदस्य सचिवका लागि खुल्ला दरखास्त आह्वान गरेकाे थियाे ।

सदस्य सचिव बन्नका लागि १८ जनाले दरखास्त दिएकाे छनाेट समितिले ३ जनाकाे नाम सिफारिस गरेकाे थियाे ।



अन्तिम ३ मा पर्नेमा घिसिङ सहित डा. अच्युतम लामिछाने र ममता श्रेष्ठ थिए ।

सरकारले राखेपको रिक्त रहेको सदस्य सचिव पदमा खेलकुद ऐन अनुसार नयाँ नियुक्ति गरेको हो ।
 



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया