बागमती प्रदेशमा ६७ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूरा डोज खोप

बागमती प्रदेशका ६७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूरा डोज खोप लगाएका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोनाको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिका ६७ प्रतिशतले कोरोनाविरुद्धको पूरा डोज खोप लगाएका हुन् । 

बागमती प्रदेशका १३ जिल्लामा २८ लाख ४० हजार ६ सय ८५ जनाले कोरोनाविरुद्धको भेरोसेल, कोभिसिल्ड र जोनसनको पूरा डोज खोप लगाएका छन् । त्यसैगरी, पहिलो मात्रा खोप लगाउनेको संख्या १४ प्रतिशत रहेको छ । 

प्रदेशका ५ लाख ९५ हजार २० जनाले भेरोसेल, कोभिसिल्ड वा फाइजरमध्ये कुनै एक खोप पहिलो डोज खोप लगाएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । 

८ वर्षमाथिका खोप लगाउनुपर्ने १४ प्रतिशतले अझै पनि खोप लगाएका छैनन् । प्रदेशका १३ जिल्लामा १८ वर्ष माथिका ८ लाख २२ हजार ७ सय २ जनाले अझै पनि कोरोनाविरुद्धको कुनै पनि डोज नलाएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले लक्षित वर्गका सबैलाई खोप लगाउन उत्प्रेरित गरिरहेको र यसका लागि मन्त्रालय अन्तरगतका सबै स्वास्थ्य संस्थालाई परिचालित हुन निर्देशन दिएको स्वास्थ्यमन्त्री निमा लामाले बताए । 



खोपको पहुँच बाहिर रहेका १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने वातावरण निर्माण गर्न सबै जिल्लाका स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाजले समन्वय गर्नुपर्नेमा उनको जोड छ । 

सबैलाई खोप सुनिश्चित गर्न मन्त्रालय तत्पर रहेको भन्दै उनले कुनै कारणवश छुटेकाहरुलाई खोप अभियानमा सहभागी गराउन आग्रह समेत गरेका छन् ।
 



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया