नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई सदर गरेपछि सो जिल्लाका कांग्रेस सभापति कर्ण मल्ल पक्षले आपत्ति जनाएको छ ।
मल्लले वडादेखि जिल्लासम्म एकलौटी अधिवेशन गरेको भन्दै खारेज गरी फेरि अधिवेशन गर्नुपर्ने माग राख्दै आएका थिए । तर, समितिले अधिवेशन सदर गरेपछि भने उनी फेरि रिले अनसनमा बस्ने भएका छन् ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे नेतृत्वको समितिको बैठकले निर्वाचन अधिकृतको सिफारिस र निष्कर्ष मिलेको देखिएको भन्दै सोमबार डडेल्धुराका सबै अधिवेशन सदर गरेको हो ।
समितिले सिफारिस र निष्कर्ष मिलेपछि थप निर्णय गरिरहनु नपरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।