फास्ट फुड खान छाडे फाइदै–फाइदा

फास्ट फुड या जंक फुड हाम्रो स्वास्थ्यका लागि ठीक होइन, यो त हामीले सुनिरहेकै कुरा हो । फास्ट फुड खान छाड्ने हो भने छाडेको केही दिनमै हाम्रो शरीरमा त्यसको प्रभाव स्पष्ट रूपमा देखिन थाल्छ र अनुभव हुने गरी नै शरीरमा परिवर्तन देखिन थाल्छ । 

स्ट्रिट फुड र जंक फुडप्रति मान्छेको मोह एकदमै धेरै छ । स्ट्रिट फुडले मान्छेलाई स्वाद दिए पनि राम्रो स्वास्थ्य भने दिँदैन । फास्ट फुडले हाम्रो शरीरलाई बिस्तारै–बिस्तारै हानि गर्दै जान्छ । फास्ट फुडका कारण हुने असर हामी सबैलाई थाहा हुन्छ, तर पनि हामी आफ्नो व्यावहारमा लागू गर्न सक्दैनौँ । 

फास्ट फुड छाड्दा यति फाइदा छन् कि तपाईंले फास्ट फुड छाडेपछि लामो समयसम्म स्वास्थ्यमा कुनै पनि किसिमको समस्या देखा पर्दैन । फास्ट फुड छाड्नुका फाइदा यस्ता छन् । 

राम्रो निद्रा पर्नेछ  

फास्ट फुडको सेवन गर्दा हाामीलाई थाहा हुँदैन कि यसले हाम्रो निद्रामा प्रत्यक्ष असर परिरहेको छ, जब कि फास्ट फुड र जंक फुड खाँदा हामीले सबैभन्दा धेरै निन्द्रासँग सम्झौता गर्नुपर्छ । खासमा जंक फुडले शरीरको न्युरोकेमिकल प्रोसेसलाई हानि पुर्याउँछ, जसको कारणले हाम्रो निद्रालाई असर पार्छ । 

चिढचिढापन र अल्छीपनले हामीलाई घेर्छ । यदि जंक फुड खान छाडियो भने निद्रा राम्रोसँग पर्न थाल्छ । किनकि, त्यसपछि हाम्रो न्युरोकेमिकल प्रोसेस बिल्कुल ठीक र राम्रो तरिकाले चल्न थाल्छ । 



अनुहारमा चमक आउँछ  

फास्ट फुडको सेवनले अन्य अंगसँगसँगै अनुहारमा पनि समस्या उत्पन्न गराउँछ । शरीरमा हार्माेन असन्तुलन हुँदा त्यसको असर अनुहारमा पनि पर्छ । 



मतलब, अनुहार जतिसुकै चमकदार नै किन नहोस्, हार्माेनको असन्तुलनका कारण समयभन्दा पहिले नै अनुहारमा चाउरी आउनुको साथै अनुहारको चमकता बिस्तारै कम हुँदै जानेछ । यसका साथै अनुहारमा दाग धब्बा पनि देखिन थाल्छन् । यसलाई छाड्न सकेमा अनुहारमा चमक आउन थाल्छ । 

मुटु स्वस्थ रहन्छ 

फास्ट फुडको नियमित सेवनले हाम्रो शरीरको तौल बढाउँछ । यो सबैलाई थाहा भएको कुरा हो । तर, जब फास्ट फुुडको बानी छुट्छ, यसको प्रभाव हाम्रो शरीरको तौलमा पर्छ । शरीरको तौल एकदमै कम हुन्छ । 

शरीरको तौल कम हुनाले मुटुसम्बन्धी धेरै रोग र समस्याबाट छुटकारा मिल्छ । खासमा, कुनै प्रकारका फास्ट फुडमा सोडियमको मात्र धेरै हुन्छ, जो हृदयसम्बन्धी हुने धेरै रोगको कारण हो । 

तर, यसको लत छोड्नाले धेरै फाइदा हुन्छ । जस्तो कि टाइप २ को डायबिटिजको रिस्क बढाउन सहयोग गर्ने सुगरको स्तर फास्ट फुड छाडेसँगै ठीक हुन थाल्छ । यसको अलावा फास्ट फुडमा हुने तेलले शरीरमा हुने कोलस्ट्रोल लेभल बढाइदिन्छ, त्यसकारण फास्ट फुडको सेवन गर्न छोडेमा कोलस्ट्रोलको चिन्ता गर्नुपर्दैन ।
 
प्रोसेस्ड फुड हाम्रो कपालमा सबैभन्दा पहिला हानि गर्न सुरु गर्छ । कपाल झर्नु, रुखो हुनु या सेतो हुनु यी सबै हुनुपछाडिको मुख्य कारण फास्ट फुड हो । 
 

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया