मेस्सीले सातौंपटक जिते बालोन डी'ओर अवार्ड

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले याे वर्षकाे  बालोन डी'ओर अवार्ड जितेका छन् ।

फ्रेन्च फुटबलले गएराति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी'ओर अवार्ड प्रदान गरेको हाे ।  मेस्सीले कीर्तिमानी सातौं पटक याे अवार्ड जितेका हुन् । यसअघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा याे अवार्ड हात पारेका थिए ।

मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्जिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी'ओर अवार्ड जित्ने पिएसजीको पहिलो खेलाडी समेत बनेका छन् । 

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौं याे अवार्ड जितेका छन् । मेस्सीले आफ्नो कप्तानीमा यही वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकको भोटको आधारमा बालोन डी'ओर अवार्डको विजेता घोषणा गरिएको हो  ।

महिलातर्फको बालोन डी'ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् । यस्तै, जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'स्ट्राइकर अफ दि इयर अवार्ड हात पारेका छन् ।



बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी जितेका छन् ।  



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ७:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया