नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू दशैँ महाधिवेशनमा अध्यक्षमा विजयी भएमा मात्र सपथ लिने बताएका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्षका उम्मेदवारसमेत रहेका रावलले यस्तो बताएका हुन् ।
उनले आफूले अध्यक्षमा मात्र उम्मेदवारी दिएको भए पनि मतदान गर्दा सदस्यमा पनि आफ्नो नाम देखेको बताए ।
‘मैले अध्यक्षमा मात्र उम्मेदवारी दिएको थियो । तर, भित्र मतदान गर्न जाँदा सदस्यमा पनि मेरो नाम देखे । आठौं महाधिवेशनमा पनि यही विवाद भएको थियो । मैले त्यति बेला पनि सदस्यमा दिएको थिएन । पछि सदस्य हो भनेर कही साथीहरूले अहिलेसम्म पनि विवाद बनाउँछन् । म अध्यक्ष पदमा विजयी भएमा मात्र सपथ लिन्छु अरूमा त उम्मेदवारी नै दिएको छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।