फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमार चाेटका कारण लामाे समय मैदान बाहिर रहने भएका छन् ।
लिग वानअन्तर्गत आइतबार सेन्ट इटिएनका खेलाडीकाे खराब ट्याकलमा परेर घाइते भएका नेयमारलाई मैदान फर्कन कम्तीमा ६-८ हप्ता लाग्ने पिएसजीले बताएकाे छ ।
उनकाे घुँडाकाे चाेट गम्भीर देखिएकाे छ । नेयमार घाइते भएकाे याे खेलमा पिएसजीले ३-१ काे सहज जित हात पारेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।