नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतअन्तरले अग्रता लिएका छन् ।
ताजा मतपरिणाम अनुसार अध्यक्षमा ओलीले ५३४ मत प्राप्त गरेका छन् भने भीम रावलले ६० मत पाएका छन् । अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा छ ।
चितवनको सौराहामा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । अहिले मत गणना जारी छ ।
विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।