मुख्यमन्त्री शाहीले विश्वासको मत लिन प्रदेशसभा बैठकमा पेस गरे प्रस्ताव

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेस गरेका छन् ।

आज बसेको  प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिई सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री शाहीले विश्वासको मत भने भोलिको बैठकमा लिने छन् । आज प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १५:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया