यु-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको दोस्रो जित, गण्डकी ४ विकेटले पराजित

वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेशले ४ विकेटको जित हात गरेको छ ।

सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई हराएको हो । २१० रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ६८ रनको योगदान दिए । ७९ बलको सामना गरेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।

राहुल भण्डारीले अविजित ४२ तथा खडक बोहोराले ४० रन जोडे ।

गण्डकीका लागि सुवास भण्डारीले ३, सुदीप अर्यालले २ तथा अर्जुन कुमालले १ विकेट हात पारे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।



गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ५६ रनको योगदान दिए । ९९ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । उत्सव श्रेष्ठले ४० तथा सुवास भण्डारीले २८ रन जोडे ।

सुदूरपश्चिमका लागि कैलाश ऐरीले ३, आकाश चन्द र गजेन्द्र बोहोराले समान २ तथा नारायण जोशीले १ विकेट लिए । २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।



जितसँगै सुदूरपश्चिमले ४ खेलमा ४ अंक जोड्दा गण्डकीको पनि ५ खेलमा ४ अंक नै छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १६:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया