लियोनल मेस्सी : फुटबलकै लागि जन्मिएका एक अद्भुत प्रतिभा

सन् १९८७ मा अर्जेन्टिनाको रोसारियोमा जन्मिएका लियोनल मेस्सी विश्व फुटबलले पाएको एक उत्कृष्ट प्रतिभा हुन् भन्नेमा कुनै शंका छैन ।

वर्तमान समयमा मेस्सी विश्व फुटबलको सर्वोकृष्ट खेलाडी हुन् भन्ने कुराको प्रमाण हो उनले सोमबार मात्र प्राप्त गरेको सातौँ बलोन डि’ओर अवार्ड ।

यो अवार्ड फ्रेन्च फुटबलले प्रत्येक वर्ष विश्वका उत्कृष्ट खेलाडीलाई प्रदान गर्दछ ।

अवार्ड प्राप्त गरेपछि मेस्सीले भनेका थिए ‘भविष्यमा कुनै खेलाडीले सात बलोन डि’ओर जित्ला भन्ने मलाई विश्वास छैन तर यो सम्भव भयो भने मैले त्यसलाई स्वीकार गर्नुपर्नेछ ।’

मेस्सीको बाल्यकाल



मेस्सी बाबु जर्ज मेस्सी तथा आम सेलिया कुचिटिनीको तेस्रो सन्तानका रूपमा जन्मिएका थिए ।

उनका बुबा एक स्टिल प्याक्ट्रीमा म्यानेजर थिए भने आमा म्याग्नेट उत्पादन गर्ने कारखानाको कामदार थिइन् ।



मेस्सीको परिवार फुटबलप्रमी थियो, त्यसैले उनले सानै उमेरबाट आफ्ना दाजुहरू रोड्रिगो र म्याथिससँग फुटबल सिक्न थालेको थिए ।

६ वर्षको हुँदा मेस्सी आफ्ना दाजु रोड्रिगाको क्लब नेविल्स ओल्ड ब्वाइसँग जोडिएका थिए ।

१० वर्षको हुँदा मेस्सी शरीर बढाउने हार्मोन कमी हुने रोगबाट ग्रसित हुन पुगे । उपचारका लागि मासिक रूपमा एक हजार पेसो (अर्जेन्टिनी मुद्रा) खर्च लाग्ने भयो, तर उनको मध्यमवर्गीय परिवारलाई त्यति धेरै रकम जम्मा गर्न सहज थिएन ।

मेस्सीको क्लब नेविल्सले उनको उपचारमा सहयोग गर्ने सहमति जनाएको भए पनि केही सममपश्चात आफ्ना वाचाबाट पछि हट्यो ।

नेविल्सले उपाचार खर्च बेहोर्न नसक्ने बताएपछि मेस्सीको परिवार झन् समस्यामा पर्यो । सन् २००० मा उपचार गर्ने बाचाका साथ मेस्सीलाई स्पेनिस क्लब बार्सिलोनमा ट्रायल दिन बोलाइयो ।

उनको खेल कौशल देखेर बार्सिलोनाका तत्कालीन निर्देशक कार्ल्स रेक्सच उनलाई क्लबमा भित्र्याउन राजी भए तर सञ्चालक समिति केही हिच्किचायो । किनकि त्यतिबेला कम उमेरका विदेश खेलाडी अनुबन्ध गर्नु बेकार मान्थ्यिो ।

डिसेम्बर १४ मा बार्सिलोनालाई आफ्नो प्रतिबद्धता पूरा गर्न अल्टिमेटम जारी गरियो । त्यतिबेला रेक्सचसँग कुनै कागज नभएकाले उनले नाप्किन पेपरमै सम्झौता प्रस्ताव गरे । सन् २००१ मा मेस्सीको परिवार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ नजिकैको अपार्मेन्टमा सर्यो ।

मेस्सी नेविल्ससँगको विवाद तथा नयाँ वातावरणका कारण स्पेन सरेको पहिलो वर्ष मेस्सीले अन्य बच्चाहरूसँग खुलेर खेल्न सकेनन् । विदेशी भएकाले उनलाई केबल मैत्रीपूर्ण खेल तथा क्याटलान लिगमा मात्र खेल्ने अवसर प्रदान गरियो ।

सन् २००१ मेस्सीलाई बार्सिलोनाको युथ एकेडेमी ला मासियामा भर्ना गरिएपछि उनले सबै प्रतियोगितामा भाग लिने अवसर पाए ।

१४ वर्षको उमेरमा शरीर बृद्धि नहुने रोगको पूर्णरूपमा उपचार भएपछि मेस्सी ‘बेबी ड्रिम टिम’ बार्सिलोनाको एक अभिन्न अंग बन्न पुगे ।

सन् २००२–०३ मा मेस्सी क्याटलन ‘ए’ का लागि ३० खेलमा ३६ गोल गर्दै शीर्ष गोलकर्ता बनेका थिए ।

बार्सिलोनाको युवा टोलीमा राम्रो प्रदर्शन गरेपछि इंग्लिस क्लब आर्सनलले मेस्सीलाई अनुबन्ध गर्ने चासो देखाएको थियो, तर सेस फेव्रिगास र जेरार्ड पिके इंग्ल्यान्ड लागेपछि उनले बार्सिलोना नै रोजे ।

व्यावसायिक करिअर

मेस्सीले सन् २००३–०४ को सिजनदेखि बार्सिलोनाको ‘सी’बाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका हुन् ।

मेस्सीले सन् २००३ मा १६ वर्ष ४ महिना २३ दिनको उमेरमा पोट्रो विरुद्धको खेलबाट बार्सिलोनो ‘सी’ टोलीका लागि डेब्यु गरेका थिए ।

मेस्सीले सन् २००४–०५ को सिजनमा बार्सिलोनाको ‘बी’ हुँदै सिनियर टोलीका लागि डेब्यु गरे ।

मेस्सीले १७ वर्ष ३ महिना २२ दिनको उमेरमा स्पान्योलविरुद्धको खेलबाट बार्सिलोनाको सिनियर टोलीका लागि ला लागिमा डेब्यु गरेका हुन् । त्यतिबेला उनले बार्सिलोनाबाट आधिकारिक खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी कीर्तिमान कायम गरेका थिए ।

मेस्सीले शाख्तर डोनेक्सविरुद्धको खेलबाट युइएफए च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए भने अल्बासेटविरुद्ध सिनियर टोलीका लागि पहिलो गोल गरे ।

त्यो समयमा मेस्सी क्लबका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेको थिए ।

सन् २००४–०५ को सिजन बार्सिलोन स्पेनिस च्याम्पियन बन्यो । यो मेस्सीको पहिलो ला लिगा उपाधि थियो ।

सन् २००७ मा रियल मड्रिडविरुद्ध ह्याट्रिक गरेपछि भने मेस्सीको करिअरले थप उचाइ लियो । ३–३ को बराबरीमा सकिएको यो खेलले मेस्सीलाई राम्रौ प्रशंसा दिलायो । 

मेस्सीले सन् २००८–०९ मा बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मेस्सीले सन् २०१० मा पहिलोपटक बलोन डी’ ओर अवार्ड जितेका थिए ।

करिब २१ वर्ष बार्सिलोनामा बिताएका मेस्सी यसै सजिन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । 

आफ्नो करिअरको अन्त्यतिर आइपुगेका मेस्सीले पेरिसमा कस्तो छाप छाड्छन् त्यो हेर्न बाँकी नै छ ।

मेस्सीले प्राप्त गरेका अवार्ड तथा उपाधि

विश्व फुटबलमा यस्ता कमै व्यक्तिगत अवार्ड होलान् जुन मेस्सीले प्राप्त नगरेका हुन् । यही बर्ष अर्जेन्टिना कोपा अमेरिका जितसँगै उनको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।

मेस्सीले सोमबार सातौँ पटक बलोन डि’ओर अवार्ड हात पारे । व्यक्तिगत अवार्डका धनी मेस्सीले फिफा विश्वकप, फिफा यु–२० विश्वकप तथा फिफा क्लब विश्वकप गोल्डेन बल हात पारेका छन् ।

त्यस्तै, मेस्सीले पाँच पटक गोल ५० अवार्ड हात पार्दा एक–एक पटक फिफा वर्षको उत्कृष्ट खेलाडी तथा फिफा वर्ष खेलाडी घोषित भएका छन् ।

दुई पटक युइएफए वर्ष खेलाडी घोषित भएका मेस्सीले सन् २००५ मा गोल्डेन ब्वाइ अवार्ड हात पारेका थिए ।

६ पटक युरोपियन गोल्डेन बुट जितेका मेस्सीले आठ पटक पिचिची ट्रफी हात पारेका छन् । उनले दक्षिण अमेरिकी उत्कृष्ट खेलाडी, दशककै उत्कृष्ट खेलाडी लगायतका थुप्रै उपाधि हात पारेका छन् ।

लामो समय बार्सिलोनामा बिताएका मेस्सीले देश तथा क्लबका लागि फिफा यु–२० विश्वकप, कोपा अमेरिका, युइएफए च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे, फिफा क्लब विश्वकप, स्पेनिस सुपर कप लगायतका थुप्रै उपाधि जितेका छन् ।

वर्तमान समयका उत्कृष्ट खेलाडी मेस्सीले अब जित्न बाँकी रहेको एउटै उपाधि छ र त्यो हो फिफा विश्वकप । उनी सन् २०१४ मा यसको नजिक पुगेका थिए तर फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा अर्जेन्टिना उपविजेतामै सीमित बन्न पुग्यो । 

सन् २०२२ मा कतारले विश्वकप आयोजना गर्दै र सायद यो मेस्सीका लागि अन्तिम विश्वश्कप हुनेछ ।

विश्वफुटबलमा आफूलाई उत्कृष्ट खेलाडीका रूपमा स्थापित गराइसकेका मेस्सीको लक्ष्य अर्जेन्टिनालाई फिफा विश्वकप दिलाउने हुनेछ । 

  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया