रसुवा कांग्रेस सभापतिमा पुन: पेम्बाछिरिङ तामाङ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रसुवामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । सोमबारदेखि सुरु भएको प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । 

कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ पुनः दोहोरिएका छन् । संस्थापन पक्षनिकटका तामाङ सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् । त्यस्तै, उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् । 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । जसमा प्रतिनिधिसभा सांसद मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टि तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल रहेका छन् ।

त्यस्तै, कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र (क) को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिबमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, कांग्रेस रसुवा प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा बुचुङ तामाङ, उपसभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिवमा निलनाथ आचार्य, खुवाबहादुर तामाङ, सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

प्रदेश सभा क्षेत्र नम्बर (क) को क्षेत्रीय अधिवशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुन राज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामी सिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बिक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।



त्यस्तै, प्रदेशसभा क्षेत्र नम्बर (ख) को क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल बिक्रम गोले, धनबहादुर गुरुङ, अभिनास तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकर कुमार तामाङ, उदय लामा, बिद्या लक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेश कुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर बिक सर्वसम्मत चयन भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा वडा अधिवेशन सम्पन्न भएपछि अधिवेशन रोकिएको थियो । पुनः नयाँ निर्वाचन अधिकृत तोकिएर आएसँगै जिल्लामा अधिवेशनको प्रक्रियाअघि बढाइएको थियो । सहमतिमा मंगलबार जिल्ला, प्रदेश, र महाधिवेशन प्रतिनिधिहरू निर्विरोध चयन भएका हुन् ।  



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ७:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया