कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले आज विश्वासकाे मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (बुधबार) विश्वासको मत लिँदै छन्। 

आज दिउँसाे एक बजे बस्ने प्रदेश सभा बैठकमा शाहीले विश्वासकाे मत लिन लागेका हुन् । 

हिजाेकाे प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पार्टीकाे महाधिवेशनका कारण उपस्थित हुन नसकेपछि शाहीले आज विश्वासकाे मत लिन लागेका हुन् ।

शाहीले हिजाे प्रस्ताव मात्र पेस गरेका थिए । 

कानुनअनुसार मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाही नियुक्त भएकाे आज २९ दिन भइसकेकाे छ । शाही गत कात्तिक १६ गते मुख्यमन्त्री भएका थिए। 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ९:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया