यी २० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको पाइएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)का अनुसार विभिन्न २० देशमा नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका हुन् । 

ओमिक्राेन भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएकाे थियाे । यस भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भन्दै सचेत रहन आग्रह गरेको छ ।    

दक्षिण अफ्रिकामा अहिलेसम्म ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ । त्यस्तै बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ।

त्यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ,  डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएको छ । 

नयाँ भेरियन्टकाे बारेमा अध्ययन भइरहेको छ । त्यसैले संक्रमण देखिएपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको विज्ञहरू बताउँछन् । यो धेरै देशमा संक्रमण भइरहेपनि अहिलेसम्म गम्भीर खालका विरामी परेको वा मृत्यु नै भएको घटना भने बाहिर आएको छैन ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ९:२५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया