अमेरिकाकाे एक हाइस्कुलमा गाेली चल्दा तीन विद्यार्थीकाे मृत्यु, आठजना घाइते

अमेरिकाको मिसिगनस्थित  हाइस्कुलमा गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ । यसैगरी एक शिक्षकसहित आठ जना घाइते भएका छन् ।

मिसिगनकाे अक्सफाेर्ड हाइस्कुलमा अमेरिकी समयअनुसार मंगलबार दिउँसाे घटना भएकाे थियाे । गाेली साेही हाइस्कुलमा पढ्ने १५ वर्षीय किशाेरले चलाएका हुन् । उनले १५-२० राउन्ड गाेली चलाएका थिए ।

प्रहरीले आराेपीलाई पक्राउ गरिसकेकाे छ । उनकाे साथबाट बन्दुक पनि जफत गरेकाे छ।

उनले किन गाेली चलाए भन्ने विषयमा अझै स्पष्ट भएकाे छैन । प्रहरीले यस घटनाकाे अनुसन्धान गरिरहेकाे छ ।
 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ९:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया