तालिबानले १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे एक रिपाेर्टकाे दाबी
सांकेतिक तस्बिर

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढी पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राइट वाचले दाबी गरेकाे छ ।

वाचका अनुसार तालिवानले पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएकाे हाे ।

वाचले पूर्वसेनामाथि गरिएका याेजनाबद्ध हत्याकाे विराेध गरेकाे छ । पूर्वसुरक्षाकर्मीमाथि कुनै कारबाही नभएकाे हालै तालिबान प्रवक्ताले जनाएका थिए । 

तालिबानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीकाे सरकार पदच्युत गरेकाे थियाे । तालिवानकाे पुन: उदयपछि अफगानिस्थानमा विगत २० वर्षदेखि रहेकाे अमेरिकी सेनाले काबुल छाेडेकाे थियाे। 

पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरूमाथिकाे शृंखलाबद्ध हमला राेकिएकाे छैन । 

सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलाे नरसंहार मच्चाएकाे थियाे । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताकाे हत्या गरेकाे थियाे । 



वाचले मंगलबार सार्वजनिक गरेकाे एक प्रतिवेदनअनुसार तालिबानले सत्ता सम्हालेपछि निरन्तर  विराेधीलाई निशाना बनाएकाे उल्लेख छ । वाचका अनुसार तालिबाले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा १०० जना भन्दा बढीकाे हत्या गरेकाे छ । 

तालिवानले कारबाहीकाे सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकाेले उनीहरूकाे पनि हत्या भएकाे हुनसक्ने जनाइएकाे छ । 



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १०:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया