जुम्लामा बस दुर्घटना दुई जनाकाे मृत्यु भएकाे छ ।
कनकासुन्दरी गाउँपालिकाको गुठिज्युलाबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको यात्रुवाहक बस आज(बुधबार) बिहान सिंजा गाउँपालिका २ स्थित घोडेङ्गामा बस दुर्घटना हुँदा दुवैकाे घटनास्थलमै मृत्यु भएकाे हाे । मृत्यु हुनेहरूमा एक चालक र अर्का सहचालक रहेका छन् ।
यसैगरी दुर्घटनामा परी दुईजना घाइते भएका छन् । घाइतेहरूकाे उपचारका लागि सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै गरेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।
दुर्घटना के कति कारणले भयाे यस विषयमा अझै स्पष्ट हुन सकेकाे छैन । दुर्घटनाकाे थप विवरण आउन बाँकी नै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।