‘लिटिल बुद्ध’का रूपमा परिचित र्यापर साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड’ नामक एल्बम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी ड्रागन फायर’मा रहेर तीन गीत सार्वजनिक गरेका छन् ।
उनले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्यापर, गायकगायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ ।
उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटिएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन् ।
‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौं डलरको हलिउड, बलिउड, के-पप, जापानीज मनोरञ्जन उद्योग, युरोपियन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन् ।
साकारको टुरको व्यवस्थापन पिभिई नेटवर्कले गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।