कतारको राजधानी दोहामा जारी क्युआईएफएफ अन्तर्राष्ट्रिय खाना महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेका छन् । गत शुक्रबारदेखि सुरु भएको ११ संस्करणको महोत्सवमा ६ दिनको सो संख्याका दर्शकले अवलोकन गरेका हुन् ।
राजधानी दोहास्थित अल बिद्दा पार्कमा जारी महोत्सवमा १ सय ४० भन्दा बढी बिक्रेताहरूले खानाका विभिन्न परिकार प्रस्तुत गरिरहेका छन् । महोत्सवमा दोहा, जोर्डन, साउदी अरबलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारका बिक्रेताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
क्युआईएफएफ कतारको सबैभन्दा लामो समय अर्थात् तीन सातासम्म सञ्चालन गरिने महोत्सवमा विशेषगरी हालसम्म खाना र पेय पदार्थको विभिन्न परिकारहरूको प्रस्तुती प्रदर्शन गरिएका छन्, जसमा विश्व प्रसिद्ध शेफहरूद्वारा लाइभ कुकिङ थिएटरसहित विभिन्न पाक कलाको संयोजन गर्ने गरिन्छ ।
त्यस्तै, महोत्सवमा स्थानीय र सबै उमेरका आगन्तुकको लागि प्रशस्त पारिवारिक मनोरञ्जन पनि समावेश गरिएको छ ‘क्युफ कतारको बहुसांस्कृतिकताको उत्सव हो, जसले देशको पर्यटन अनुभवहरूको विविधतामा योगदान पुर्याउने कतारी सञ्चारमाध्यामहरूले जनाएका छन् ।
कोरोनाको महामारीपछि पहिलोपटक आयोजित महोत्सवमा क्युआईएफएफले उत्सवभर पारिवारिक मनोरञ्जन प्रदान गर्दैछ । मनोरञ्जनमा लाइभ संगीत र डिजे, रोमिङ मनोरञ्जन, मिनी गल्फ, ट्राम्पोलाइन्स, तातो हावाको बेलुन अनुभव, कार्निभल खेलहरूसमेत समेटेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।