महोत्तरीमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

महोत्तरीमा घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका–६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी ३४ वर्षीया पत्नी रुबी मण्डलको हत्या गरिएको हो ।

मंगलबार राति मण्डलको आफ्नै घर नजिक अज्ञात समूहले टाउकोसहितको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले जानकारी दिए ।

बिहान महिलाको हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले उनलाई बोलाएर घरबाट केहि पर लगि धारिलो हतियार प्रहार गरेर हत्या गरेको मृतकका छोराले बयान दिएको प्रहरीले जनाएको छ ।

मृतकका पती सुरेन्द्र वैदेशिक रोजगारको शिलशिलामा भारतको पञ्जाबमा छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १२:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया