राप्रपाको एकता महाधिवेशनमा माधव नेपाल अतिथि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पहिलो एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । 

अहिलेसम्म राप्रपाका अध्यक्षहरू सहभागी भइसकेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि अतिथि बनेर सभामा उपस्थित भएका छन् 

यसअघि हिजो मात्रै चितवनमा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भने नेपाल सहभागी भएका थिएनन् । 

कार्यक्रममा अहिलेसम्म नेपालसँगै लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा पनि सहभागी भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १२:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया