राप्रपाको महानधिवेशनमा प्रचण्ड पनि सहभागी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको उद्घाटनसत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उपस्थित भएका छन् । 

काठमाडौंमा सुरु भएको महाधिवेशनको उद्घाटननसत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड ढिलोगरी कार्यक्रममा उपस्थित भएका हुन् । यसअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी भएका थिए । 

आफ्नो एकताको पहिलो महाधिवेशनको उद्घाटनसत्रमा सबै राजनीतिक दलका प्रमुखलाई निम्ता दिइएको थियो । तर, अहिलेसम्म दुई पार्टीका अध्यक्ष मात्र सहभागी भएका छन् । 

यसअघि चितवनमा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा राप्रपा अध्यक्ष कमल थापा समेत सहभागी भएका थिए । उनले कार्यक्रममा सहभागी भएर महाधिवेशनको सफलताको शुभकामना समेत दिएका थिए । 

राप्रपाको महाधिवेशनमा भने अहिलेसम्म एमालेको तर्फबाट कोही पनि उपस्थित भएका छैनन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १३:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया