इजरायली शहर तेल अविव संसारकै सबैभन्दा महँगो शहर बनेको छ । यो आंकलन विश्वभर बढेको महँगीलाई आधार बनाएर गरिएको हो ।
पेरिस र सिंगापुर त्यसपछिका धेरै महँगो शहर बनेका छन् भने ज्युरिख र हङकङ पनि धेरै महँगा शहरको सूचीमा परेका छन् ।
वर्ल्डवाइड कस्ट अफ लिविङ इन्डेक्सले विश्वका १७० देशको खाना र सेवा सुविधाको मूल्यको तुलना गरेका हो । यसको तुलना अमेरिकी डलरअनुसार गरिएको थियो ।
बढ्दै गरेको महँगी र सप्लाइ चेनमा आएको समस्याका कारण विश्वभर जीवनयापनको लागत अत्यधिक बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।