चलचित्र ‘एक्स ९’ मार्फत सुधांशुको कमब्याक

२६ वर्षको लामो अन्तरालपछि अभिनेता सुधांशु जोशी नेपाली सिनेमामा फर्किने भएका छन् । चलचित्र ‘एक्स ९’ मार्फत सुधांशु पुनः फिल्म उद्योगमा फर्किने भएका हुन् । यो चलचित्रमा सुधांशुले अभिनय गर्ने पक्का भएको निर्माता मुकुन्द भट्टले जानकारी दिए ।

जोशी पुरानो हिट चलचित्र ‘जाली रुमाल’ का हिरो हुन् । नायकसँगै निर्माता बन्ने चक्करमा लागेका उनी एउटा फिल्म निर्माण गरेपछि अमेरिका पलायन भएका थिए ।

यो चलचित्रमा सुधांशुका साथमा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटवाल लगायतका कलाकारले पनि अभिनय गर्ने पक्का भइसकेको छ ।

यो चलचित्र फेब्रुअरीबाट छायाँकनमा जाने तयारीमा छ । वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, बिदुर घण्टे र प्रदीप थापा संयुक्त रूपमा लगानी गरेको यो चलचित्रको दृष्य नेपालसँगै युरोपका विभिन्न देशका साथै अमेरिकामा पनि छायांकन हुने छन् ।

सुधांशुले ‘जाली रुमाल’, ‘विषालु’, ‘रणभूमि’ लगायतका दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १३:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया