नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जुन पार्टीमा बढी अध्यक्ष छन्, तिनै पार्टीभित्र समस्या रहेको बताएका छन् ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुअध्यक्ष भएको पार्टीमा समस्या हुने बताएका हुन् ।
उनले भने, 'राप्रपाको पनि तीनजना अध्यक्ष हुनुहुन्छ । हाम्रोमा पनि थियो दुईवटा अध्यक्ष । जहाँ बढी अध्यक्ष हुन्छन्, त्यहाँ समस्या हुन्छ । तपाईंभित्र पनि समस्या छ । त्यो समस्याको समाधान गरेर अघि बढ्नुहोला ।'
राष्ट्रियताको विषयमा राप्रपाको अडान एकदमै जायज रहेको उनको भनाइ छ । कुनै पनि व्यक्तिले एकपाखे बन्न नहुने भन्दै उनले राष्ट्रियताका विषयमा सबै एकजुट हुनुपर्नेमा जाेड दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।