कमल थापालाई माधवको प्रश्न - तपाईंहरूको एकता महाधिवेशन कति पटक हुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पहिलो एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनको उद्घाटनसत्रमा राप्रपाका नेताहरूसहित विभिन्न दलका प्रमुखसमेत उपस्थित भएका छन् । 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि उपस्थित भए । उनले कार्यक्रममा मन्तव्य तथा महाधिवेशन सफलताको शुभकामनासमेत दिए । योसँगै राप्रपा अध्यक्ष कमल थापासँग एउटा जिज्ञासा राखे । बेला-बेला एकताको महाधिवेशन गर्ने गरेको भन्दै अध्यक्ष नेपालले भने, तपाईंहरूको एकताको महाधिवेशन कति पटक हुन्छ ? 

उक्त प्रश्नमा थापा भने उत्तरविहीन बन्न पुगे । झण्डै दुई वर्षअघि टुक्रिएर अलगअलग रहेका तीन राप्रपाको एकता भएको थियो । एकता भएको दुई वर्षपछि राप्रपाले पहिलो एकता महाधिवेशन गर्न लागेको हो । 

अध्यक्ष थापाले अब राप्रपा कहिल्यै नफुट्ने दाबी गरे । 'माधव नेपालजीले कति पटक एकता महाधिवेशन हुन्छ भनेर प्रश्न गर्नुभयो । अब हामीले यो महाधिवेशनबाट कहिल्यै नफुट्ने संकल्प गरेर अघि बढ्नुपर्छ । त्यसका लागि सबैले आफ्नो ठाउँबाट संकल्प गर्नुपर्छ' उनले भने ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १५:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया