पशुपति क्षेत्रमा मांस-मदिरा र गाँजा बिक्री तथा सेवन गरे कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराउँदै मन्दिर परिसरमा मांस–मदिरा तथा नशालु पदार्थको बिक्री–वितरण तथा सेवन नगर्न/नगराउन अनुरोध गरेका हुन् ।

साथै, सूचनामा उल्लेख भएकोभन्दा विपरीत क्रियाकलाप भएमा प्रचलित कानुन  बमोजिम कारबाही हुने जनाइएको छ ।

बाला चतुर्दशीको दिन रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती विसर्जन गरी पशुपति क्षेत्रका मठ–मन्दिर, देवालय, शिवालय, कैलाश चौर, मृगस्थली, मृगवटिकाको भागलभुगल महादेव लगायका स्थानहरुमा सद्वीज छर्ने कार्यक्रम रहेको जारी सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १५:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया