नेपालको धर्म, संस्कृति मास्न धर्मनिरपेक्ष घोषणा गरियो : लोहनी

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।

देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको भन्दै उनले नेपाललाई पनि कमजोर बनाउन धर्म परिवर्तन गराउन धर्मनिरपेक्ष घोषणा गरिएको बताए । नेपालमा चारधाम रहेको भन्दै उनले १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुने बताए ।

विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको बताए । ध्रुवीकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको उनको भनाइ छ ।

आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्य भइरहेको र यसले कानुनी राज्यको उपहास गरेको डा. लोहनीले बताए । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उनको जोड छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया